भीम रावलकै जिल्लामा कांग्रेस दुईतिहाईसहित निर्वाचित

साँफेबगर । अछाम जिल्लाको साँफेबगर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका राजेन्द्रबहादुर कुँवर ७२६५ मतसहित निर्वाचित भएका छन् ।

निर्वाचन आयोगले सोमबार जारी गरेको अन्तिम नतिजाअनुसार कुँवरका निकटतम प्रतिद्वन्द्वी एमालेकी पशुपति कुँवर ५३९ मतसहित पराजित भएकी छिन् ।

उपमेयरमा एकीकृत समाजवादीका शिवबहादुर कुँवर ६४३४ मतसहित निर्वाचित भएका छन् ।

शिवबहादुरका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका रंग ठकुल्लाले ५३१४ मतसहित पराजित भएका छन् ।

वडा नं. १ स्वतन्त्र उम्मेदवार नन्दसिंह ठकुल्ला, २ मा कांग्रेसका सेतबहादुर कुँवर, ३ मा कुलबहादुर कुँवर, ४ मा नवराज बुढा, ५ मा मक्र कुँवर निर्वाचित भएका छन् ।

वडा नं. ६ मा स्वतन्त्रका मीनबहादुर बोहरा, ७ मा कांग्रेसका हिक्मत कडायत, ८ मा कालुसिंह कुँवर, ९ मा एकीकृत समाजवादीका दीपक कुँवर, १० मा एमालेका ललित बोगटी, ११ मा एमालेका रामबहादुर बोहरा, १२ मा कांग्रेसका जनक कडायत, १३ मा एमालेका रुपबहादुर कुँवर र १४ मा कांग्रेसका सञ्जु साउँद वडाध्यक्षमा विजयी भएका छन् ।

कांग्रेसले साँफेगरका १४ वडामध्ये मेयरसहित ८ वडा जितेको छ । एमाले ३ वडामा, एकीकृत समाजवादी उप–मेयरसहित १ वडा र स्वतन्त्रले २ वटा वडा जितेका छन् ।

एमालेका नेता भीमबहादुर रावलको जिल्ला अछामको नगरपालिकामा कांग्रेस झण्डै दुईतिहाई बहुमतसहित विजयी भएको छ ।

Published : Monday, 2022 May 23, 8:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया