विष्णु पौडेलको अर्को ठूलो नगरपालिकामा कांग्रेस फराकिलो मतले अगाडि
बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको जारी मतगणनामा नेपाली कांग्रेसका मेयरका उम्मेदवार ४७१ मतले अगाडि छन् ।
आइतबार राति साढे ११ बजेको मतगणनाको अनौपचारिक जानकारी अनुसार कांग्रेसका मेयरका उम्मेदवार रामकृष्ण खाणले १२०८ मतसहित अग्रता लिएका छन् ।
एमालेका मोहन चापागाइँले १२३३७ मतसहित पछ्याइरहेका छन् ।
तिलोत्तमामा हालसम्म ३२९१५ मतको गणना भएको छ । मेयरमा उम्मेदवार बनेर अग्रता लिइरहेका खाण रुपन्देही कांग्रेसका सभापति हुन् ।
यसैबीच, तिलोत्तमा नगरपालिकाको वडा नं. ५ को वडाध्यक्षमा कांग्रेसका रमेश डुम्रेको प्यानल विजयी भएको छ ।
एमालेका विष्णु पौडेलको क्षेत्रमा पर्ने तिलोत्तमालाई कांग्रेसले ठूलो महत्वका साथ लिएको छ ।
बुटवल उप–महानगरपालिका जितिसकेको कांग्रेसले तिलोत्तमालाई पनि हातबाट फुत्किन नदिने पक्षमा छ ।
रुपन्देहीका अधिकांश पालिकामा कांग्रेसले जितेको छ । सिद्धार्थ नगरपालिका पनि कांग्रेसले जितिसकेको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया