ओलीले धमाका पार्टी प्रवेश गराएको नगरपालिकामा कांग्रेसको शक्तिशाली जित

कृष्णनगर । कपिलवस्तुको कृष्णनगर नगरपालिकाको मेयर र उप–मेयरमा नेपाली कांग्रेसले जित हासिल गरेको छ ।

शुक्रबार निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम नतिजाअनुसार कांग्रेसका ५० वर्षीय रजतप्रताप शाह मेयरमा निर्वाचित भएका हुन् । शाहले ५६०६ मत पाएका छन् ।

शाहसँग राप्रपाका ४३ वर्षीय दीपक रजौरिया ४११२ मतसहित पराजित भएका हुन् । शाह र रजौरियाबीच १४९४ मतको अन्तर रहेको छ ।

उप–मेयरमा पनि कांग्रेसकी ५२ वर्षीया आरतीदेवी चौधरी ५६९१ मतसहित निर्वाचित भएकी छिन् । चौधरीसँग जनता

समाजवादी पार्टी नेपालकी ४३ वर्षीया आरती सिंह यादब ३२८२ मतसहित पराजित भएकी छिन् ।

कृष्णनगर नगरपालिकाको १२ वटा वडामा कांग्रेसले ३ वटा वडाध्यक्ष जितेको छ ।

वडा नं. ४ को वडाध्यक्षमा कांग्रेसका घनश्याम बनिया निर्वाचित भएका छन् । वडा नं. ५ मा कांग्रेसका मोहम्मद जमिल खाँ र १० मा हरिपाल चतुर्वेदी वडाध्यक्षमा विजयी भएका छन् ।

यसैबीच, कांग्रेसका प्रतिनिधि सभाका सांसद एवम् पूर्व केन्द्रीय सदस्य अभिषेकप्रताप शाहले कांग्रेसबाट कृष्णनगर नगरपालिकाको मेयर, उप–मेयर, वडाध्यक्ष र सदस्यहरू बधाई दिएका छन् ।

केही समय पहिला एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले कृष्णनगर नगरपालिकामा भव्य कार्यक्रम गरेका थिए ।

केही व्यक्ति एमालेमा प्रवेश पनि गरेका थिए । तर, सोही नगरपालिकामा कांग्रेसले शानदार जित हासिल गरेको छ ।

Published : Friday, 2022 May 20, 8:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया