एमालेलाई घुँडा टेकाएर कांग्रेसकी नितु बनिन् उप–मेयर
बेलबारी । मोरङ जिल्लाको बेलबारी नगरपालिकाको उप–मेयरमा नेपाली कांग्रेसकी उम्मेदवार ४४ वर्षीया नितु थापा निर्वाचित भएकी छिन् ।
शुक्रबार सार्वजनिक भएको अन्तिम नतिजाअनुसार कांग्रेसकी उम्मेदवार थापाले १३७३१ मत पाएर विजयी भएकी हुन् । थापाले आफ्ना प्रतिद्वन्द्वीलाई १२६ मतले पराजित गरेकी छिन् ।
कांग्रेसकी थापासँग एमालेकी उप–मेयरकी उम्मेदवार ५० वर्षीया तीलकुमारी नेउपाने १३७३१ मतसहित पराजित भएकी हुन् ।
बेलबारी नगरपालिकाको ११ वटामध्ये कांग्रेसले ६ वटा वडामा जित हासिल गरेको छ ।
वडा नं. १ मा कांग्रेसका मणिबहादुर पुलामी मगर, ४ मा चन्द्रबहादुर लिम्बु, ६ मा टेकबहादुर राई, ९ मा शालिग्राम बस्नेत, १० मा गंगाबहादुर याखा र ११ मा बिक्रम राई वडाध्यक्षमा निर्वाचित भएका छन् ।
Published : Friday, 2022 May 20, 8:26 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया