नारायणकाजी श्रेष्ठले आफ्नै वडा हारे, सिरानचोकमा कांग्रेसको शानदार जित
सिरानचोक । गोरखा जिल्लाको सिरानचोक गाउँपालिकामा नेपाली कांग्रेसले शानदार जित हातपारेको छ ।
निर्वाचन आयोगका अनुसार गाउँपालिकाको अध्यक्षमा कांग्रेसका ज्ञानेन्द्रबहादुर गुरुङ ५४०३ मतसहित निर्वाचित भएका छन् ।
उपाध्यक्षमा कांग्रेसकी रीता देवकोटा ४८०४ मतसहित विजयी भएकी छिन् ।
वडा नं. १ को वडाध्यक्षमा कांग्रेसबाट मनिता गुरुङ ४४० मतसहित निर्वाचित भएकी छिन् । २ मा कांग्रेसका खुशीमान गुरुङ ८०९ मतसहित निर्वाचित भएका छन् ।
३ मा कांग्रेसका जगदीश्वर ढकाल ९६५ मतसहित निर्वाचित भएका छन् । ४ मा कांग्रेसकै भरत हमाल ६८१ मतसहित निर्वाचित भएका छन् । ८ मा कांग्रेसकै दलमान गुरुङ ७१६ मतसहित निर्वाचित भएका छन् ।
माओवादीबाट वडा नं. ५ मा ठानेश्वर पोखरेल ६६७ मतसहित निर्वाचित भएका छन् । ६ मा माओवादीका प्रेमप्रसाद वस्ती ६६३ मतसहित निर्वाचित भएका छन् । ७ मा माओवादीका राजेन्द्रबाबु ढकाल ४७८ मतसहित निर्वाचित भएका छन् ।
माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको गाउँपालिका र उनकै ८ नं. वडा पनि कांग्रेसले जितेर जिल्याइदिएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया