मीनकृष्ण महर्जनको ‘कमाण्ड’मा गोदावरीमा कांग्रेसलाई दुईतिहाईको शानदार जित

चापागाउँ । ललितपुरको गोदावर नगरपालिकालाई नेपाली कांग्रेसले फराकिलो मतअन्तरबाट बचाएका छन् ।

मेयर, उप–मेयर, वडाध्यक्ष र सदस्य गरी कांग्रेसले दुईतिहाई पदमा जित हासिल गरेको छ । मेयरमा कांग्रेसका ४९ वर्षीय गजेन्द्र महर्जन १९१७० मत र उप–मेयरमा ५२ वर्षीया मुना अधिकारी १८५२६ मतसहित निर्वाचित भएका छन् ।

एमालेका मेयरका उम्मेदवार गम्भीरबहादुर रानाले १५२३२ मत र उप–मेयर रमी प्रधानाङ्गले १४३०५ मतसहित पराजित भएका छन् ।

गोदावरीका १४ वडामध्ये कांग्रेसले ११ वटाामा जितेको छ । माओवादी २ र एमालेले १ वडामा जितेका छन् ।

गोदावरको वडा नं. १ मा कांग्रेसका ३९ वर्षीय राज थापाले जितेका छन् । थापाले १४३७ मत पाएका छन् ।

वडा नं. २ मा कांग्रेसका ४२ वर्षीय मनोहर सिलवाल १०४१ मतसहित वडाध्यक्षमा निर्वाचित भएका छन् ।

वडा नं. ३ मा माओवादी केन्द्रका ४० वर्षीय सानुराज घिमिरे १०५८ मतसहित विजयी भएका छन् ।

वडा नं. ४ मा कांग्रेसका ५४ वर्षीय सानुभाइ नगरकोटी १ हजार मतसहित विजयी भएका छन् ।

वडा नं. ५ मा कांग्रेसका ३९ वर्षीय मिलन सिलवाल १४६६ मतसहित विजयी भएका छन् ।

वडा नं. ६ मा कांग्रेसका ५० वर्षीय विष्णुमान महर्जन ८१८ मतसहित विजयी भएका छन् ।

वडा नं. ७ मा कांग्रेसका ३४ वर्षीय मथुराप्रसाद शर्मा ८२९ मतसहित विजयी भएका छन् ।

वडा नं. ८ मा माओवादीका ५३ वर्षीय शुकबहादुर लामा ६५४ मतसहित विजयी भएका छन् ।

वडा नं. ९ मा कांग्रेसका ४६ वर्षीय आत्मााम थापा क्षेत्री १०८४ मतसहित विजयी भएका छन् ।

वडा नं. १० मा कांग्रेसका ३८ वर्षीय शेखर न्यौपाने १५९७ मतसहित विजयी भएका छन् ।

वडा नं. ११ मा ५९ वर्षीय कांग्रेसका निलबहादुर देशार २४२६ मतसहित विजयी भएका छन् ।

वडा नं. १२ मा कांग्रेसका ४९ वर्षीय जगतबहादुर महर्जन १९७० मतसहित विजयी भएका छन् ।

वडा नं. १३ मा एमालेका ५० वर्षीय भास्कर थापा १०४९ मतसहित निर्वाचित भएका छन् ।

वडा नं. १४ मा कांग्रेसका ३९ वर्षीय राज थापा १४३७ मतसहित विजयी भएका छन् ।

गोदावरीमा पार्टीका उम्मेदवाहरूलाई जिताउन ललितपुर कांग्रेसले युवा नेता मीनकृष्ण महर्जनलाई कमाण्डर बनाएर खटाएको थियो । महर्जनले पनि गोदवारी नगरका कांग्रेसका युवाहरूलाई परिचालन गरेर प्रचार गरेका थिए । महर्जन आफै मैदानमा उत्रिएपछि कम्युनिस्टहरूलाई तनाब भएको थियो ।

नेता महर्जनले गोदावरी नगरपालिकामा कांग्रेसबाट निर्वाचित मेयर, उप–मेयर, वडाध्यक्ष र सदस्यहरूलाई बधाई दिएका छन् ।

युवा नेता महर्जनले आफूलाई गोदावरी नगरपालिकामा कांग्रेस जिताउन नेतृत्व दिएकोमा पार्टी सभापति जितेन्द्र श्रेष्ठ, केन्द्रीय सदस्यहरू मदनबहादुर अमात्य, उदयशम्शेर राणा, जितजंग बस्नेतसहितका पार्टीका नेता कार्यकर्ताहरूलाई पनि धन्यावाद दिएका छन् ।

यसैबीच, गोदावरीमा एमालेका प्रतिनिधि सभाका सांसद नवराज सिलवाल र बाग्मती प्रदेशका सांसद चेतनाथ सञ्जेलले आफ्नै वडा बचाउन सकेनन् । सिलवाल र सञ्जेलको वडामा एमाले पराजित भएको छ ।

Published : Thursday, 2022 May 19, 1:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया