रामहरि खतिवडाको जिल्लामा एमाले झण्डै शून्य बन्यो, कांग्रेसको शक्तिशाली जित

ओखलढुंगा । ओखलढुंगा जिल्लामा नेपाली कांग्रेसले आठ वटा पालिकामध्ये ७ वटामा जितेर इतिहाँस बनाएको छ ।
कांग्रेसले अधिकांश वडाहरूमा पनि जित हासिल गरेको छ ।

कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद रामहरि खतिवडाको गृहजिल्ला ओखलढुंगामा यस पटकको स्थानीय तह निर्वाचनमा कांग्रेसले झन् धेरै पालिकाहरू जितेको छ । एक मात्र नगरपालिका पनि कांग्रेसले एमालेबाट खोसेको छ ।

कांग्रेसका उम्मेदवारहरूलाई विजयी बनाउन नेता खतिवडाले नेतृत्व र समन्वय गरेर अगाडि बढेका थिए । त्यसको फल कांग्रेसले पाएको छ ।

कांग्रेसले सिद्धिचरण नगरपालिकामा ओखलढुंगा कांग्रेसका सभापति तेजन खनाल ६८३४ मतसहित मेयरमा विजयी भएका छन् ।

सुनकोशी गाउँपालिकामा वैदेशिक रोजगार व्यवसायी समेत रहेका कांग्रेस नेता कमल तामाङ अध्यक्षमा निर्वाचित भएका छन् । उपाध्यक्षमा कांग्रेसकी सुनिता अधिकारी निर्वाचित भएकी छिन् ।

लिखु गाउँपालिकामा कांग्रेसका पुराना नेता अशोककुमार कार्की विजयी भएका छन् ।

खिजिदेम्वा गाउँपालिकामा कांग्रेसबाट उम्मेदवार बनेकी सुशीला तामाङ २८२४ उपाध्यक्षमा विजयी भएकी छिन् ।

खिजिदेम्वा गाउँपालिकको अध्यक्षमा कांग्रेसका भुपेन्द्रबहादुर बस्नेत २७५२ सहित पराजित भएका छन् ।

खिजिदेम्वा कांग्रेसका केन्द्रीय सदस्य प्रदीप सुनुवारको गाउँपालिका हो ।

चम्पादेवी गाउँपालिकामा कांग्रेसका नवराज केसी खत्री ४७१५ मतसहित अध्यक्षमा विजयी भएका छन् ।

चिशंखुगढीमा कांग्रेसका सन्तोषबाबु थापा ३११६ मतसहित उपाध्यक्षमा विजयी भएका छन् ।

मनेभञ्ज्याङ गाउँपालिकामा कांग्रेसका ज्ञानेन्द्र रुम्दाली ५०२१ मतसहित अध्यक्षमा विजयी भएका छन् । उपाध्यक्षमा कांग्रेसका आश्राचन राई ४७५० मतसहित विजयी भएका छन् । मानेभञ्ज्याङ खतिवडाको आफ्नै गाउँपालिका पर्छ ।

मोलुङमा कांग्रेसका उम्मेदवार पराजित भएका छन् । कांग्रेसबाट अध्यक्षमा राजनकुमार दाहाल उम्मेदवार बनेका थिए । दाहालले ३४६२ मत पाएर पराजित भएका हुन् ।

कांग्रेसले गठबन्धन गरेका पालिकामा बाहेक एमालेले मोलुङ मात्रै जितेको छ । अरु सबैमा एमाले हारेको छ ।

एमालेकै नेता एवम् प्रतिनिधि सभाका सांसद यज्ञराज सुनुवारले आफ्नै वडा बचाउन सकेनन् । सुनुवारको वडामा कांग्रेसका वडाध्यक्ष विजयी भएका छन् ।

Published : Tuesday, 2022 May 17, 10:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया