कांग्रेसले १ हजारभन्दा धेरै वडाध्यक्ष जित्यो, एमाले धेरै पछाडि

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तहमा १ हजार ९ वटा वडामा जित हासिल गरेको छ ।

निर्वाचन आयोगले सोमबार मध्यान्ह १२ दिएको जानकारी अनुसार कांग्रेसले ठूलो संख्यामा वडाध्यक्षमा जित हासिल गरेको हो ।

कांग्रेसका वडाध्यक्षका उम्मेदवारहरू १ हजार ९ वटा वडामा विजय भएका छन् । कांग्रेसले १ सय ४ वडामा अग्रता लिइरहेको छ ।

एमालेले ७ सय ८६ वडाध्यक्षमा जित हासिल गरेको छ । योसँगै एमाले दोस्रो स्थानमा छ । एमालेका ९३ वटा वडाध्यक्षका उम्मेदवारले अग्रता लिइरहेका छन् ।

माओवादी केन्द्रले ४ सय ४० वडामा जित हासिल गरेको छ । माओवादीका ४२ वडाध्यक्षका उम्मेदवारले अग्रता लिइरहेका छन् ।

नेकपा (एकीकृत समाजवादी)का ६२ जनाले वडाध्यक्षमा जित हासिल गरेका छन् । एकीकृत समाजवादीका ६ जना वडाध्यक्षले अग्रता लिइरहेका छन् ।

अन्य राजनीतिक दल र स्वतन्त्र गरी १ सय ६३ वडाध्यक्षले जित हासिल गरेका छन् । ४६ जनाले अग्रता लिइरहेका छन् । हालसम्मको तथ्याङ्कअनुसार कांग्रेस अग्रस्थानमा देखिएको छ ।

Published : Monday, 2022 May 16, 10:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया