लमही– ५ मा ओमप्रकाश वडाध्यक्षमा निर्वाचित

लमही । दाङको लमही नगरपालिकाको वडा नं. ५ मा माओवादी केन्द्रका उम्मेदवार ओमप्रकाश सुवेदी ‘सागर’ वडाध्यक्षमा निर्वाचित भएका छन् ।

सुवेदीले प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कुमार घिमिरेलाई १४५ मतले पराजित गरेको लमही नगर माओवादीले जनाएको छ ।

जित हासिल गरेपछि सुवेदीले मतदाता र शुभेच्छुक सबैलाई धन्यावाद दिएका छन् ।

वडाध्यक्षमा निर्वाचित सुवेदीले राजनीतिक रुपमा कुनै पनि भेदभाव नगरेर काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

उनले भने, ‘मलाई मतदान गरेर जिताउने र शुभेच्छा राख्ने सबैलाई धन्यावाद दिन चाहन्छु । मतलाई मतदान नगर्ने वडावासीहरूलाई पनि कुनै भेदभाव नगरेर काम गर्नेछु ।’

माओवादीका युवा नेता सुवेदी लोकप्रिय छन् । लोकप्रियताकै कारण मतदाताले कांग्रेसका उम्मेदवारलाई हराएर सुवेदीलाई जिताइदिएका छन् ।

Published : Monday, 2022 May 16, 6:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया