लमही– ५ मा ओमप्रकाश वडाध्यक्षमा निर्वाचित
लमही । दाङको लमही नगरपालिकाको वडा नं. ५ मा माओवादी केन्द्रका उम्मेदवार ओमप्रकाश सुवेदी ‘सागर’ वडाध्यक्षमा निर्वाचित भएका छन् ।
सुवेदीले प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कुमार घिमिरेलाई १४५ मतले पराजित गरेको लमही नगर माओवादीले जनाएको छ ।
जित हासिल गरेपछि सुवेदीले मतदाता र शुभेच्छुक सबैलाई धन्यावाद दिएका छन् ।
वडाध्यक्षमा निर्वाचित सुवेदीले राजनीतिक रुपमा कुनै पनि भेदभाव नगरेर काम गर्ने प्रतिवद्धता जनाएका छन् ।
उनले भने, ‘मलाई मतदान गरेर जिताउने र शुभेच्छा राख्ने सबैलाई धन्यावाद दिन चाहन्छु । मतलाई मतदान नगर्ने वडावासीहरूलाई पनि कुनै भेदभाव नगरेर काम गर्नेछु ।’
माओवादीका युवा नेता सुवेदी लोकप्रिय छन् । लोकप्रियताकै कारण मतदाताले कांग्रेसका उम्मेदवारलाई हराएर सुवेदीलाई जिताइदिएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया