कांग्रेसले नपत्याएर हेला गरेका राजकुमारले नीलकण्ठ– ३ मा दुईतिहाइले जिते

धादिङ । धादिङ जिल्लाको नीलकण्ठ नगरपालिका वडा नं. ३ मा वडाध्यक्षका स्वतन्त्र उम्मेदवार राजकुमार श्रेष्ठ विजयी भएका छन् ।

सोमबार बिहान सार्वजनिक भएको अनौपचारिक नतिजाअनुसार श्रेष्ठले प्रतिद्वन्द्वीले भन्दा दोब्बर धेरै मत ल्याएका थिए । उनले झण्डै दुईतिहाइ मत वडामा पाएका छन् ।

निर्वाचन कार्यालयले श्रेष्ठ विजयी भएको आधिकारिक घोषणा गरेको छैन ।

कांग्रेसले टिकट नदिएपछि श्रेष्ठले स्वतन्त्र रुपमा वडाध्यक्षमा उम्मेदवारी दिएका थिए ।

कांग्रेस, एमाले र माओवादीले पाएको मत जोड्दा पनि श्रेष्ठले ल्याएको मतको आधा छैन ।

टिकट दिँदा धादिङ कांग्रेसले नपत्याएका श्रेष्ठले सबैलाई चकित तुल्याउने मत पाएका छन् ।

२८ सय मतमध्ये २६ गन्दा श्रेष्ठले १२ सय मत पाएका थिए ।

रुखमा ५ सय, हंसिया हथौडामा ३ र सूर्यमा २ सय मत खसेको थियो ।

Published : Monday, 2022 May 16, 10:10 am

फेसबुकबाट तपाईको प्रतिक्रिया