महेश बस्नेतको क्षेत्रको वडामा कांग्रेसले जितको झण्डा गाड्यो

भक्तपुर । भक्तपुर जिल्लाको मध्यपुर थिमि नगरपालिकाको वडा नं. १ मा नेपाली कांग्रेसका उम्मेदवार बाबुकाजी डंगोल विजयी भएका छन् ।

नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाका अनुसार वडाध्यक्षमा डंगोल विजयी भएका हुन् । डंगोलले १७०६ मत पाएका छन् । एमालेको वडाध्यक्षका उम्मेदवार १२९० मत मात्रै पाएका थिए ।

एमालेका नेता महेश बस्नेतको क्षेत्रमा पर्ने यो वडामा कांग्रेसले शानदार मतका साथ विजयी हासिल गरेको छ ।

कांग्रेसका सभापति थापाले विजयी भएका डंगोलसहितको टिमलाई बधाई दिएका छन् ।

Published : Saturday, 2022 May 14, 11:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया