रोल्पामा कांग्रेसलाई दाउँ लाग्यो, सेटले जितेपछि कम्युनिस्टहरु छक्कै परे
रोल्पा । रोल्पा जिल्लामा नेपाली कांग्रेसले गंगादेव गाउँपालिका वडा नं. १ मा खाता खोलेको छ ।
कांग्रेसका वडाध्यक्षका उम्मेदवार अमृतबहादुर ओलीले विजयी सुरुवात गरेका छन् ।
कांग्रेसका वडाध्यक्षका उम्मेदवार ओलीले ३ सय ८५ मतका साथ विजयी हासिल गरेका छन् । एमालेले २ सय ४० र माओवादीले २ सय २४ मत ल्याएका छन् ।
गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा पनि कांग्रेसले नै अग्रता लिइरहेको छ ।
यसैबीच, गंगादेव गाउँपालिका वडा नम्बर ७ मा वडाध्यक्षका उमेदवार प्रेमप्रकाश केसी विजयी भएका छन् । वडा सदस्यहरु पनि कांग्रेसका सबै उम्मेदवार विजयी भएका छन् ।
प्रतिनिधि सभामा रोल्पाबाट वर्षमान पुनले जितेका थिए । कृष्णबहादुर महराले पनि निर्वाचनका बेला प्रचार गरेका थिए । माओवादीको लालकिल्लाका रुपमा परिचित रोल्पामा कांग्रेसले राम्रो उपस्थिति जनाएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया