मर्याद विर्सेर भट्टीमा जाँड खाँदै लाईभ गर्ने कम्युनिस्ट स्वकीय सचिवले अध्यक्षमा जिते के गर्लान् ?

तुलसीपुर । एमालेबाट तुलसीपुर उपमहानगरपालिकाको वडा नं. ८ का उम्मेदवार धर्म वली छन् । उनी विवादित मेयर घनश्याम पाण्डेका स्वकीय सचिव हुन् ।

पाण्डेले सचिवालयलाई कम्जोर ब्यक्तीलाई जिम्मा दिए, उनीहरुको कम्जोर सल्लाहले नै उपमहानगरपालिका अहिलेको अबस्थामा आएको छ । एक अर्ब ऋण लागेको छ । स्मार्ट सीटीमा खाल्डा छन् । विद्युतको विल तिर्न सक्दैन् । सधै विदेश भ्रमणमा जान्छन् । उपमेयर हुँदा हुँदा विधि मिचेर वडाध्यक्षलाई मेयरको जिम्मा दिन्छन् । यो सबै सचिबालयको सल्लाह बमोजिम काम गर्दा यस्तो भयो ।

त्यतिमात्रै होइन्, एक पटक भट्टीमा बसेर समेत लाईभ गरे । तत्कालीन अबस्थमा कार्यबहाक मेयर पाएका एक वडाध्यक्ष, तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ का तत्कालीन वडाध्यक्ष बालकृष्ण रानासहित भट्टीमा बसेको बेला उनले फेसबुक लाईभ गरे । उनीहरु तीनैजना रक्सीले लठ्ठ परेका थिए ।

त्यो लाईभ भएपछि मेयर घनश्याम पाण्डेले तीनैजनालाई स्पस्टीकरण सोधे । केही दिन धर्म वलीलाई सचिवालयबाट कारवाही पनि गरियो । तर, पुनः धर्म नै स्वकीय सचिवका रुपमा गए । त्यही कारण अहिले उपमहानगरपालिकाको हालत यस्तो छ । उनै धर्मलाई अहिले तुलसीपुर ८ को उम्मेदवार छन् ।

स्वकीय सचिव हुँदा नै भट्टीमा मात्तिने र अर्मयादित क्रियाकलाप गर्ने धर्मले आफू अध्यक्ष भए झन के गर्लान्, भन्नेमा त्यहाँका मतदाता चिन्तित छन् । तर, मतदाता सचेत भएकाले यस्ता क्रियाकलाप गर्ने ब्यक्तिलाई भोट दिन नसकिने नाम नबताउने सर्तमा एक स्थानीयले भने ।

यस विषयमा प्रतिक्रिया लिन सम्पर्क गर्न खोज्दा उनीसँग सम्पर्क हुन सकेन ।

Published : Tuesday, 2022 May 10, 2:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया