गढवाको १ नं. वडामा कांग्रेसको शक्तिप्रदर्शन, वडाध्यक्षसहितको पक्षमा माहोल बन्यो

मसुरिया । देउखुरीको गढवा गाउँपालिकाको वडा नं. १ मा नेपाली कांग्रेसले शक्ति प्रदर्शन गरेको छ ।

कालाकाटे, जेठान गाउँसहितका स्थानमा कांग्रेसले शनिबार शक्ति प्रदर्शन गरेको हो ।

वडा नं. १ को वडाध्यक्षमा माधवप्रसाद सापकोटा उम्मेदवार बनेका छन् । वडा सदस्यहरुमा कृष्णप्रसाद शर्मा, गोपाल कुमाल, विष्णा केसी र पशुपति सुनार रहेका छन् ।

यसअघि यो वडामा एमालेले जितेको थियो । एमालेका जनप्रतिनिधिहरुले सरकारी पैसा दुरुपयोग गरेको आरोप छ ।

एमालेका जनप्रतिनिधिहरुले कालाकाटेमा भब्य महल बनाएको आरोप स्थानीयको छ । अहिले पनि एमालेले लाज नमानेर उम्मेदवारहरु उठाएको छ ।

Published : Sunday, 2022 May 8, 1:08 am

फेसबुकबाट तपाईको प्रतिक्रिया