गोदावरीमा कांग्रेसले इतिहाँस दोहोर्‍याउने, कमाण्डर बने युवा नेता महर्जन

चापागाउँ । नेपाली कांग्रेसका युवा नेता एवम् खेलकुद विभागका पूर्व सचिव मीनकृष्ण महर्जनले ललितपुरका सबै पालिकाहरूमा कांग्रेस नेतृत्वको गठबन्धनको जित सुनिश्चित रहेको बताएका छन् ।

कांग्रेसका नेता कार्यकर्ताहरूले प्रचार प्रसारमा गरेको मेहनत र मतदाताहरूको उत्साहले गर्दा कांग्रेससहित गठबन्धनका उम्मेदवार विजयी हुने दाबी गरे । उनले भने, ‘म आफै पनि गोदावरी नगरपालिकामा मेयर, उप–मेयर, वडाध्यक्ष र सदस्यहरूलाई जिताउन घरदैलो कार्यक्रममा खटिएको छु ।’

महर्जनलाई ललितपुर कांग्रेसले पार्टीका उम्मेदवारहरूलाई जिताउन कमाण्डरका रुपमा खटाएको छ ।

कांग्रेसले महर्जनलाई स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समितिअन्तर्गतको उप–समितिमा पनि मनोनयन गरेको छ ।

निर्वाचनका बेला पार्टीका केही नेताहरूले अन्तरघात गरेर समस्या बनाउँछन् कि भन्ने आशंका महर्जनलाई छ । अन्तरघात गरेर पार्टीलाई हराउन खोज्ने समूहलाई ललितपुर कांग्रेसले निगरानीमा राखेको छ ।

उनले भने, ‘मलाई पार्टीले जिम्मेवारी दिएको छ । मेयरमा गजेन्द्र महर्जन, उप–मेयरमा मुना अधिकारीको जित सुनिश्चित छ । उहाँहरूले विगतमा राम्रो काम गर्नुभएको छ । वडाध्यक्ष र सदस्यहरूले पनि जित्छन् ।’

यसअघि २०७४ को निर्वाचनमा गोदावर नगरपालिकाको मेयर र उप–मेयर तथा अधिकांश वडाहरूमा जितेको थियो । यसपटक पनि जितेर कांग्रेसले इतिहाँस दोहोर्‍याउन चाहेको छ ।

मतदाताहरूको रोजाइमा कांग्रेसका उम्मेदवार रहेको महर्जनले बताए । केही पालिकामा विगतमा कम्युनिस्टले जितेपछि दुःख पाएका मतदाता कांग्रेसको पक्षमा रहेको उनले बताए ।

गोदावरी नगरपालिकाको वडा नं. ११ को चापागाउँ र वडा नं. १२ को ठेँचो कांग्रेसको गढ मानिन्छ । चापागाउँ र ठेँचोमा यतिखेर घर–घरमा कांग्रेसको झन्डा फरफरिएका छन् ।

चापागाउँ र ठेँचोमा निर्णायक भोट छ । यी दुई वटालाई महर्जनले होल्ड गर्न सबै तयारीहरू गरेको बताएका छन् । चापागाउँ र ठेँचोमा कांग्रेसलाई ८० प्रतिशत भोट आउने अनुमान छ ।

चापागाउँ र ठेँचोमा १५ हजार मतदाता छन् । ११ र १२ नं. वडामा अन्य दलका उम्मेदवारहरूले भोट माग्ने आँट गर्दैनन् ।

Published : Thursday, 2022 May 5, 8:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया