एमाले नेतृ कोमल ओलीका कार्यकर्ता कांग्रेसमा प्रवेश, तुलसीपुर– १४ मा गेहेन्द्र र दीपकद्वारा स्वागत
तुलसीपुर । दाङको तुलसीपुर उप–महानगरपालिका– १४ मा एमाले कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
बिहीबार भएको चुनाबी सभाका क्रममा एमालेका दुई सयभन्दा बढि कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन् ।
एमालेले पाँच वर्षमा तुलसीपुरमा सोँचे अनुसार विकास गर्न नसकेको भन्दै उनीहरूले कांग्रेसमा प्रवेश गरेको जनाएका छन् ।
पाँच वर्ष एमालेले बदनामी मात्रै कमाएको भन्दै आफूहरू कांग्रेसमा आबद्ध भएको नवप्रवेशीहरूले बताएका हुन् ।
नवप्रवेशीहरूलाई मेयरका उम्मेदवार एवम् कांग्रेस केन्द्रीय सदस्य गेहेन्द्र गिरीले पार्टीमा स्वागत गरेका छन् ।
कार्यक्रममा केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री दीपक गिरीसहितका नेताहरूको पनि उपस्थिति रहेको थियो ।
एमालेकी नेतृ कोमल ओली चुनावी प्रचार प्रसारमा हिँडिरहेका बेला उनका कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया