रेनुको टिम विजय हुने सुनिश्चित छ : कांग्रेस नेता भण्डारी

भरतपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री शंकर भण्डारीले मेयरकी उम्मेदवार रेनु दाहालको टिम विजयी हुने बताएका छन् ।

भरतपुरमा ५ दलीय गठबन्धनले बिहीबार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै भण्डारीले वैशाख ३० गतेको निर्वाचनमा रेनुको टिमको जित सुनिश्चित रहेको बताए ।

‘वैशाख ३० गतेको निर्वाचनमा भरतपुरमा रेनु दाहालको टिमले जित हासिल गर्नेछ । जित सुनिश्चित छ । अग्रिम शुभकामना छ’, नेता भण्डारीले भनेका छन् ।

गठबन्धन आवश्यक रहेको भन्दै नेता भण्डारीले गठबन्धन देशभरि आवश्यक रहेको बताए । उनले कांग्रेसका कुनै पनि साथीहरू विचलित नहुन आग्रह गरेका छन् ।

‘कांग्रेससँगको गठबन्धन सफल भएको छ । कांग्रेसको गठबन्धन विनाका गठबन्धन टिकेका छैनन् । सफल भएका छैनन्’, कांग्रेस नेता भण्डारीले भनेका छन् ।

नेता भण्डारीले कांग्रेस नेतृत्वको गठबन्धनका उम्मेदवारहरूलाई मतदान गरेर विजयी बनाउन आग्रह गरेका छन् । उनले घर–घर, गाउँ–गाउँमा पुगेर भोट माग्न पनि आग्रह गरेका छन् ।

पार्टीको निर्देशनमा आफू ४ दिनदेखि भरतपुरमा बसेको बताएका नेता भण्डारीले साथीहरूको कुरा बुझ्ने प्रयास गरिरहेको बताए । उनले असारपछि केन्द्रीयस्तरको टोली आएर चितवनको समस्या समाधान गरिने बताए ।

Published : Thursday, 2022 May 5, 2:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया