राप्तीमा थारु महिला नेतृ जगदम्बाले कांग्रेसबाट इतिहाँस रच्ने, यसरी हुँदैछ तयारी

मसुरिया । दाङको राप्ती गाउँपालिकामा नेपाली कांग्रेसले एक्लै प्रतिस्पर्धा गरेको छ ।

सत्ता गठबन्धनका बीच सहमति हुन नसकेपछि राप्तीमा कांग्रेसले एक्लै उम्मेदवारहरू बनाएका छ । राप्ती गाउँपालिकामा कांग्रेस बलियो अवस्थामा छ । सोही कारण कांग्रेस एक्लै चुनावी प्रतिस्पर्धामा उत्रिएको हो ।

कांग्रेसले गाउँपालिकाको अध्यक्षमा जगदम्बा चौधरीलाई उम्मेदवार बनाएको छ । चौधरी यसअघि उपाध्यक्ष थिइन् । कांग्रेसले थारु समुदायकी महिला नेतृलाई अध्यक्षको टिकट दिएर थारुहरू पनि नेतृत्वमा पुगेर काम गर्न सक्छन् भन्ने सन्देश दिएको छ ।

उपाध्यक्षमा हरि भुसाललाई कांग्रेसले टिकट दिएको छ । भुसाल पहिलो पटक उम्मेदवार बनेका छन् । उनी पनि कांग्रेसको संगठन निर्माणमा लागेका युवा नेता हुन् ।

गाउँपालिकाको वडाहरूमा पनि कांग्रेसले वडाध्यक्ष र सदस्यहरू मिलाएर टिकट दिएको छ ।

अन्तरघात भएन भने कांग्रेसले राप्ती गाउँपालिकामा पुनः विजयको झण्डा गाड्नेछ ।

राप्तीमा यसअघि कांग्रेसले २०७४ को स्थानीय तहको निर्वाचनमा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षसहित अधिकांश पदमा जितेको थियो ।

यस पटक कम्युनिस्टहरू मिलेर राप्तीमा उम्मेदवार बनेका छन् ।

कम्युनिस्टहरू मिलेका कारण राप्तीमा कांग्रेसलाई पहिलाको जस्तो सहज छैन ।

कांग्रेसकै नेता बुद्धिप्रकाश चौधरीले अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । बुद्धिप्रकाशले थारु महिला नेतृ जगदम्बालाई जिताउन भूमिका खेल्नुपर्नेमा आफै स्वतन्त्र उम्मेदावरी दिएर बागी बनेका छन् ।

बुद्धिप्रकाश शहीद पुत्र हुन् । शहीकै छोराबाट भएको असहयोगलाई लिएर थारु महिलाको आत्मसम्मानमा ठूलो चोट लागेको चर्चा छ ।

बुद्धिप्रकाशले अध्यक्षको टिकट नपाए पनि प्रदेश सांसदको टिकट पाउने अवस्था थियो । बुद्धिप्रकाश धुपौरेहरूको पछाडि लाग्दा आफ्नो खुट्टामा आफै बञ्चरो प्रहार गरेका छन् ।

Published : Thursday, 2022 May 5, 9:10 am

फेसबुकबाट तपाईको प्रतिक्रिया