बुढानिलकण्ठ– ५ मा कांग्रेसको घरदैलो, डा.महतद्वारा आधिकारिक उम्मेदवारलाई जिताउन अपील

बुढानिलकण्ठ । नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वमन्त्री डा.प्रकाशशरण महतले कांग्रेसका आधिकारिक उम्मेदवारहरूलाई चुनाव चिन्ह ‘रुख’मा मतदान गरेर विजयी बनाउन अपील गरेका छन् ।

काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाको वडा नं. ५ मा बुधबार आयोजित घरदैलो कार्यक्रमका क्रममा डा.महतले कांग्रेसका उम्मेदवारहरूलाई विजयी बनाउन अनुरोध गरे । उनले गठबन्धनका उम्मेदवारलाई पनि मतदान गर्न आग्रह गरेका छन् ।

उनले स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसका नेताहरूलाई उम्मेदवारी फिर्ता लिएर आधिकारिक उम्मेदवारलाई सहयोग गर्न आग्रह गरेका छन् ।

कांग्रेसको तर्फबाट बुढानिलकण्ठ नगरपालिकाको मेयरमा विनोद चालिसे, उप–मेयरमा रमिला वाग्लेले उम्मेदवारी दिएका छन् ।

वडा नं. ५ को वडाध्यक्षमा कांग्रेसले कृष्ण शाह ठकुरीलाई टिकट दिएको छ । ठकुरीले आफूसहित मेयर, उप–मेयर, वडाध्यक्ष र सदस्यहरूलाई मतदान गरेर विजयी बनाउन आग्रह गरेका छन् ।

Published : Wednesday, 2022 May 4, 11:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया