लमहीमा एमाले–माओवादीका कार्यकर्ता कांग्रेसमा प्रवेश
लमही । दाङको लमही नगरपालिका– ६ कुलमोडमा एमाले, माओवादी केन्द्रसहित विभिन्न दलका स्थानीय कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
स्थानीय तहको प्रचार प्रसार र घरदैलो कार्यक्रमअन्तर्गत बुधबार एमाले, माओवादीसहितका दलका ५० जनाभन्दा धेरै कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन् ।
कम्युनिस्टहरूले गएको स्थानीय तहको निर्वाचनमा बोलेका कुराहरू पूरा नगरेको बताएका नवप्रवेशीहरूले एमाले र माओवादीको आलोचना गरेका छन् ।
नवप्रवेशीहरूलाई कांग्रेसकी केन्द्रीय सदस्य पार्वती डिसी चौधरी, मेयरका उम्मेदवार जोगराज चौधरी, उप–मेयरकी उम्मेदवार लक्ष्मी योगीसहितका नेताहरूले पार्टीमा स्वागत गरेका थिए ।
लमहीमा कांग्रेसको पक्षमा जनलहर देखिएको छ । अघिल्लो निर्वाचनमा एमालेले जितेको लमहीमा कांग्रेसले जित्ने तयारीका साथ प्रचार प्रसार अगाडि बढाएको छ ।






बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया