आईजीपी विवादको सुनुवाई बिहीबार पनि हुने
काठमाडौं । नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिसम्बन्धी विवादमा सर्वोच्च अदालतले बिहीबार पनि सुनुवाइ गर्ने भएको छ ।
बुधबार न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा शुरु भएको सुनुवाई नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।
वैशाख १८ गते मन्त्रिपरिषद बैठकले प्रहरी महानिरीक्षकमा धिरजप्रताप सिंहलाई बढुवा गरेको थियो ।
प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले वरीयता मिचेर आईजीपी बढुवा गरेको भन्दै सर्वोच्चमा रिट दिएका थिए ।
पोखरेलले वरिष्ठता र कार्यसम्पादन मूल्यांकनमा आफू अगाडि रहेको रिटमा दाबी गरेका छन् ।
पोखरेलले आईजीपी नियुक्ति बदर गर्न माग गरेका छन् ।
Published : Wednesday, 2022 May 4, 5:12 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया