आईजीपी विवादको सुनुवाई बिहीबार पनि हुने

काठमाडौं । नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिसम्बन्धी विवादमा सर्वोच्च अदालतले बिहीबार पनि सुनुवाइ गर्ने भएको छ ।

बुधबार न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा शुरु भएको सुनुवाई नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।

वैशाख १८ गते मन्त्रिपरिषद बैठकले प्रहरी महानिरीक्षकमा धिरजप्रताप सिंहलाई बढुवा गरेको थियो ।

प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले वरीयता मिचेर आईजीपी बढुवा गरेको भन्दै सर्वोच्चमा रिट दिएका थिए ।

पोखरेलले वरिष्ठता र कार्यसम्पादन मूल्यांकनमा आफू अगाडि रहेको रिटमा दाबी गरेका छन् ।

पोखरेलले आईजीपी नियुक्ति बदर गर्न माग गरेका छन् ।

Published : Wednesday, 2022 May 4, 5:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया