तुलसीपुरमा कांग्रेस नेतृत्वको गठबन्धनले बहुमतका साथ विजयी हासिल गर्छ : गिरी
तुलसीपुर । स्थानीय तहको चुनाव नजिकिदै गर्दा तुलसीपुर क्षेत्रमा गठबन्धनका उम्मेदवारहरूले चुनावी घरदैलो अभियानलाई तिब्र बनाएका छन ।
बिहीवार गठबन्धनको तर्फबाट मेयरका उम्मेदवार गेहेन्द्र गिरी र उप–मेयरका उम्मेदवार जोगबहादुर रानाले तुलसीपुर क्षेत्रका विभिन्न स्थानमा पुगेर घर दैलो अभियानलाई तिब्र बनाएका छन् ।
उनीहरुरू संयुक्त रुपमा तुलसीपुर उप–महानगरपालिका– ८ को अस्वारा, बेलझुण्डी र खाद्रेमा घरदैलो अभियान गरेका छन् ।
मेयर पदका उम्मेदवार गिरीले तुलसीपुको मुहार फेर्न यस पटकको निर्वाचनमा गठबन्धनको उम्मेदवारहरूलाई विजयी बनाउन अनुरोध गरेका छन् ।
कम्युनिष्टहरूले चलाउँदाको देश र कांग्रेसले चलाएको देश आम नागरिकले सरल–सहज रुपमा मूल्याङ्ककन गरेको गिरीले बताएका छन् ।
उनले अहिलेको निर्वाचनमा हरेक स्थानीय तहमा कांग्रेस नेतृत्वमा रहेको गठबन्धनले जित मात्र होइन अत्याधिक बहुमतका साथ विजयी हासिल गर्ने बताएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया