एमालेले कार्यकर्ता पाउनै छाड्यो, घोराहीमा बालबालिकालाई झण्डा बोकायो
घोराही । दाङको घोराही उप–महानगरपालिकामा मनोनयन दर्ता गर्ने क्रममा एमालेले बालबालिकालाई प्रयोग गरेको छ ।
घोराहीमा एमालेका तर्फबाट मेयरमा नरुलाल चौधरी र उप–मेयरमा हुमा डिसीले मनोनयन दर्ता गर्न जाने क्रममा बालबालिकालाई पार्टीको झण्डा र चुनाव चिन्ह बोकाएका हुन् ।
बालबालिकाले एमालेको झण्डा र चुनाव चिन्ह बोकेर हिँडेको तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
एमालेले घोराहीमा बालबालिकामाथि गरेको हर्कतको स्थानीय राजनीतिक दलका नेताहरूले विरोध गरेका छन् । उनीहरूले एमालेलाई कारबाही गर्न निर्वाचन आयोगसँग माग पनि गरेका छन् ।
निर्वाचन आचारसंहिता विपरित एमालेले घोराहीमा बालबालिकालाई प्रयोग गरेको भनेर आलोचना भएको छ ।
घोराहीमा नेपाली कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गरेका छन् ।



बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया