थोरै जनसंख्या रहेको मनाङमा कांग्रेस र माओवादीबीच यसरी बन्यो टिकटमा सहमति
काठमाडौं । पाँच दलीय गठबन्धनको निर्णयलाई कार्यान्वयन गर्दै मनाङ जिल्लामा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच चुनावी गठबन्धन बनेको छ ।
केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री टेकबहादुर गुरुङका अनुसार मनाङका चार वटा पालिकामा कांग्रेसले अध्यक्ष राख्नेछ ।
माओवादी केन्द्रलाई उपाध्यक्ष दिने सहमति बनेको गुरुङले जानकारी दिए ।
२८ वटा वडामा २ देखि ३ वटासम्म वडा माओवादी केन्द्रलाई दिने सहमति बनेको छ ।
मनाङमा कांग्रेस र माओवादीबीच स्थानीय तहमा बनेको गठबन्धनअनुसार माओवादीले प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेसलाई सहयोग गर्नेछ ।
केन्द्रीय सदस्य गुरुङ मनाङमा कांग्रेसका उम्मेदवारहरूलाई टिकट वितरण र मनोनयन दर्तामा सहभागी हुन शनिबार त्यसतर्फ प्रस्थान गर्दैछन् ।
थोरै जनसंख्या रहेको मनाङमा कांग्रेस र माओवादी केन्द्र मिलेर एमालेसँग प्रतिस्पर्धा गर्नेछन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया