महोत्तरीका धन्दावाल टिप्परहरू पक्राउ, तस्करहरूको काल बने एसपी पंगेनी
बर्दिवास । जिल्ला प्रहरी कार्यालय महोत्तरीले बडहरी खोलामा अबैध उत्खनन् गर्ने चार वटा टिप्परलाई समातेको छ ।
बिहीबार बिहान ४ बजेर ५० मिनटको समयमा प्रहरीको टोलीले ती चार वटा टिप्परहरूलाई रंगेहात पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख एसपी कृष्ण पंगेनीले जानकारी दिए ।
दिउँसोको समयमा नदीमा उत्खनन् गर्दा कारबाही र बिरोध हुने डरले ती टिप्परहरूले बिहानै मानिसहरू सुतेको समयमा नदीमा प्रवेश गरेर धन्दा गरेका थिए ।
बर्दिवास नगरपालिका–६ किसाननगरस्थित बडहरी खोलाबाट टिप्परहरूले अबैध रुपमा नदीजन्य पदार्थ ढुङ्गा, गिट्टी, बालुवा उत्खनन् तथा ओसार प्रसार गरिरहेको खबर प्राप्त हुनासाथ प्रहरी टोली पुगेर कारबाही गरेको एसपी पंगेनीले बताए ।
प्रहरी चौकी किसाननगरबाट प्रहरी टोली खटिएको छ । टोलीले ना.८ ख २०४६, ना.८ ख ११३८, प्रदेश २–०३–००१ क ०३४८ र प्रदेश २–०३–००१ ख १८९९ नम्बरका टिप्परहरूलाई नियन्त्रणमा लिएको छ ।
ती टिप्परहरूलाई आवश्यक कारवाहीका लागि ईलाका प्रहरी कार्यालय बर्दिवासबाट जिल्ला समन्वय समितिको कार्यालय जलेश्वर पठाइएको छ ।
यसैबीच, महोत्तरीको सोनमा गाउँपालिका– ८ सिंहासनीमा ३५ वर्षीया दुखियादेवी महतोले विषादी सेवन गरेकी छिन् ।
घरायसी विवादका कारण महतोले बिहीबार मध्यान्ह सवा १२ बजेको समयमा नाम नखुलेको विषादी सेवन गरेको एसपी पंगेनीले जानकारी दिए ।
विषादी सेवनपछि बिरामी भएकी महतोलाई प्राथमिक स्वाथ्य केन्द्र गौशालामा उपचार भईरहेको छ ।
सो घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको एसपी पंगेनीले बताएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया