सशस्त्र प्रहरीका यी ७ बरिष्ठ उपरीक्षकलाई दर्ज्यानी चिन्ह प्रदान
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका उपरीक्षक पदबाट वरिष्ठ उपरीक्षक पदमा कायम मुकायम मुकर्रर भएका ७ जना बरिष्ठ अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।
बुधबार सशस्त्र प्रहरीको हेडक्वाटर स्वयम्भुमा आयोजित कार्यक्रममा महानिरीक्षक (आईजीपी) पुष्पराम केसीले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
गृहमन्त्रिस्तरको वैशाख ६ गतेको निर्णयले सशस्त्र प्रहरी सेवा प्राविधिक समूह स्वास्थ्यतर्फ डा.मीना कुँवर जोशी र डा.सुरेन्द्रमान श्रेष्ठ, सशस्त्र प्रहरी सेवा प्राविधिक समूह संचार तथा ईन्जिनियरिङ्गतर्फ ई.प्रमोदकुमार साह बरिष्ठ उपरीक्षक पदमा मुकर्रर गरिएको थियो ।
त्यसैगरी सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उप–समूहतर्फ उद्धवबहादुर न्यौपाने, राजेन्द्र खड्का र नरेन्द्र सेन तथा सशस्त्र प्रहरी सेवा, साधारण समूह, कानून उप–समूहतर्फ युवराज अर्याल कायम मुकायम सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पदमा मुकर्रर भएका छन् ।

बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया