मुस्ताङ कांग्रेसमा युवाहरू प्रवेश, सभापति थकालीद्वारा स्वागत
काठमाडौं । मुस्ताङ जिल्लामा विभिन्न दलमा आबद्ध युवाहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
मंगलबार नवप्रवेशीहरूलाई मुस्ताङका पार्टी सभापति एवम् पूर्वमन्त्री रोमी गौचन थकालीले स्वागत गरेका हुन् ।
‘नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधिनता र स्वाभिमानलाई अक्षुण राख्दै नेपाली कांग्रेसको सिद्दान्त र उदेश्य परिपूर्ति गर्न युवाहरू अघि बढ्नुपर्छ भन्ने मान्यता स्थापित गर्न लो–घेकर दामोदरकुण्ड गाउँपालिकाका युवाहरू नेपाली कांग्रेस पार्टी प्रवेश गर्नु भएको छ’, मुस्ताङ कांग्रेसले प्रेस नोटमा भनेको छ ।
सभापति थकालीले युवा साथीहरूलाई नेपाली कांग्रेस मुस्ताङको तर्फबाट पार्टीमा हार्दिकताका साथ स्वागत गरेका छन् ।
प्रवेश कार्यक्रममा पूर्व सभापति एवम् लोमान्थाङ गाउँपालिका अध्यक्ष सुबर्ण बिष्टसहितको उपस्थिति रहेको थियो ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया