कांग्रेसबाट बुटवलको मेयरमा पाण्डे सर्वसम्मत, कम्युनिस्टलाई धुलो चटाइछाड्ने
बुटवल । नेपाली कांग्रेसले बुटवल उप–महानगरपालिकाको मेयरमा खेलराज पाण्डेलाई उम्मेदवार बनाउने भएको छ ।
कांग्रेसको बुटवल उप–महानगर कार्यसमितिको बैठकले पाण्डेको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको छ ।
मेयर पदमा कांग्रेसबाट पाण्डेको उम्मेदवारी निश्चित भएको छ ।
हरि लम्साल, महेशमान सिंहलगायतले पनि मेयरमा आकांक्षी राखेका थिए ।
मेयरमा सिफारिस भएका पाण्डे पार्टीका नगर सभापति पनि हुन् ।
उनी अघिल्लो स्थानीय चुनावमा एमालेका शिवराज सुवेदीसँग करीव २४ सय मतअन्तरले पराजित भएका थिए ।
उप–मेयरमा रिजन श्रेष्ठ, सावित्रा टण्डन, जमुना ढकाल, रीता केसी, रीता सेन वली, गंगा पन्थी, सविता शाक्य र राधा ज्ञवालीको नाम सिफारिस भएको छ ।
बुटवल उप–महानगरपालिकामा नेकपा (एकीकृत समाजवादी)ले पनि दावी गर्दै आएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया