काठमाडौं महानगरको मेयरमा एमालेका ५ नेताको नाम सिफारिस, विद्यासुन्दरको कुर्सी खतरामा
काठमाडौं । एमालेले काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवारका लागि पाँच जनाको नाम सिफारिस गरेको छ ।
एमाले काठमाडौं महानगर कमिटीले मेयरसहित उप–मेयरका उम्मेदवारको नाम सिफारिस गरेको एमाले नेता कृष्ण राईले जानकारी दिएका छन् ।
मेयरको उम्मेदवारका लागि पूर्वमेयर केशव स्थापित, हालका मेयर विद्यासुन्दर शाक्य तथा पूर्वमन्त्री रामवीर मानन्धर, निर्मल देउला र इन्दिरा पन्त रहेका छन् ।
सिफारिस भएका ५ पाँच जनामध्येबाट पार्टी केन्द्रले मेयरको उम्मेदवार तोक्नेछ ।
उप–मेयरका लागि शान्ति अधिकारी, रत्ना गुरुङ, पेम्बा लामा, निना काफ्लेको नाम सिफारिस गरिएको छ ।
एमालेबाट काठमाडौं महानगरपालिकाको मेयरमा जितेका विद्यासुन्दर शाक्यले सिन्को पनि नभाँचेको भनेर आरोप लागेका बेला एमालेले कसलाई टिकट दिने हो खुलेको छैन ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया