कांग्रेसका उम्मेदवारहरूलाई विजय गराउन जोश र शक्ति मिलोस : तरुण दल
काठमाडौं । नेपाल तरुण दलले नयाँ वर्ष २०७९ को अवसरमा शुभकामना दिएका छन् ।
बिहीबार तरुण दलका अध्यक्ष विद्वान गुरुङले शुभकामना सन्देश जारी गरेर शुभकामना दिएका हुन् ।
‘बहुजाति, बहुभाषिक, बहुधार्मिक एवम् बहुसांस्कृतिक हाम्रो मुलुकमा नयाँ वर्ष २०७९ को अवसरमा हामी तरुण लगायत नेपालीहरूमा शुकामना’, अध्यक्ष गुरुङले भनेका छन् ।
‘लोकतन्त्रवादी तरुणहरूको गौरवशाली संस्था नेपाल तरुण दलका सम्पूर्ण साथीहरूलाई वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा लोकतन्त्रको स्थायित्व र संविधानको रक्षाको लागि नेपाली कांग्रेसका उम्मेदवारहरूलाई विजय गराउन उत्साह, उमंगका साथ लाग्न नयाँ वर्षले जोश, जाँगर र शक्ति मिलोस भन्ने कामना व्यक्त गर्दछु’, अध्यक्ष गुरुङद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया