पांग्रा पञ्चर भएको न्यारोबडी जहाज मर्मतपछि काठमाडौं अवतरण

काठमाडौं । थाइल्याण्डको बैंककमा धावनमार्गमा गुडीसकेको अवस्थामा अकस्मात ब्रेक लगाउँदा पांग्रा पञ्चर भएपछि ग्राउण्डेड भएको नेपाल एयरलाइन्सको न्यारो बडी जहाज आवश्यक मर्मतपछि काठमाडौं अवतरण भएको छ ।

निगमकी प्रवक्ता अर्चना खड्काले बिहीबार विज्ञप्ति जारी गरेर सो जहाज काठमाडौं उत्रिएको जानकारी दिएकी छिन् ।

आरए–४०२ जहाज काठमाडौं आउने क्रममा पांग्रामा समस्या आएको थियो ।

पाइलटले जहाज रोकेर यात्रु तथा कार्गोलाई सुरक्षित रुपमा निकालेका थिए ।

१४१ जना याुत्रलाई ४ अप्रिलमा अर्को जहाज पठाएर काठमाडौं ल्याइएको थियो ।

थाई एयरवेजका प्राविधिक टिमले विमानको चार वटै पांग्रा फेर्नुपर्ने सुझाव दिएका थिए ।

आवश्यक पाग्रां कतार एयरवेजको विमानमार्फत २ अप्रिल २०२२ को उडानबाट बैंकक पठाइएको थियो ।

मर्मत सम्पन्न भएको जहाज बुधबार काठमाडौं अवतरण गरेको छ ।

घटनालाई अध्ययन, अनुसन्धान गरी प्रतिवेदन पेश गर्न निगमले एउटा समिति समेत गठन गरेको छ ।

Published : Thursday, 2022 April 7, 2:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया