सर्लाहीमा गोली हानेर हत्या, मोबाइलमा धम्कीपूर्ण म्यासेज

मलंगवा । सर्लाही जिल्लामा गोली हानेर एक जना भारतीय नागरिकको हत्या भएको छ ।

मलंगवा नगरपालिका–९ मा एक जना भारतीय नागरिक ३५ वर्षीय इन्दल कुमारको गोली हानी हत्या भएको सर्लाहीका प्रहरी उपरीक्षक प्रवीण पोखरेलले जानकारी दिए ।

भारतको बिसनपुर निवासी इन्दलको बुधबार बेलुका करिब ७ः४० बजे हत्या भएको थियो ।

भारतबाट पछ्याउँदै मोटरसाइकल आएका तीन जनाको समूहले इन्दललाई गोली हानी हत्या गरेको पोखरेलले बताए ।

इन्दलको कोखामा दुई गोली लागेको छ । इन्दल पनि मोटरसाइकलमा सवार थिए ।

मोटरसाइकलमा पछ्याउँदै आएर दुई गोली हानी सो समूह फरार भएको छ ।

गोली हानेर फरार भएका व्यक्तिहरूको खोजी भइरहेको पोखरेलले बताएका छन् ।

हत्या गरिएका इन्दलको मोबाइलमा धम्कीपूर्ण म्यासेजहरू भेटिएका छन् ।

प्रहरीले यसबारे अनुसन्धान गरिरहेको पोखरेलले बताएका छन् ।

Published : Wednesday, 2022 April 6, 9:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया