महन्थ ठाकुर बिरामी, हेलिकप्टरबाट उद्धार

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर बिरामी भएपछि अस्पताल भर्ना गरिएको छ ।

बुधबार भैरहवामा रहेका बेला ठाकुरलाई ज्वरो, पखाला तथा डिहाइड्रेशन देखिएको लोसपाका एक नेताले बताएका छन् ।

ठाकुरलाई हेलिकाप्टरबाट ललितपुरको मेडिसिटी अस्पतालमा ल्याएर उपचार गरिएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

Published : Wednesday, 2022 April 6, 6:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया