बारमा कांग्रेससँग एमालेले तोरीको फूल देख्ने पक्का, दोब्बर मतले अगाडि

काठमाडौं । नेपाल बार एशोसिएशनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचनको मतगणनामा नेपाली कांग्रेस नेतृत्वको बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेसागत कानून व्यवसायी समूहका अध्यक्ष गोपालकृष्ण घिमिरेले अग्रता लिएका छन् ।

घिमिरेले हालसम्म गणना भएको मध्ये ७७७ मत प्राप्त गरेका छन् । घिमिरे नेपाली कांग्रेस निकटका हुन् ।

एमाले समर्थक प्रगतिशील तथा पेशागत कानून व्यवसायी समूहका अध्यक्ष विष्णुमणि अधिकारीले ३७२ मत प्राप्त गरेका छन् ।

नेपाल बार एशोसिएशन, २०७८ को प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकका अनुसार हालसम्म ११ केन्द्रको मतगणना सम्पन्न भएको छ ।

तीमध्ये सर्लाही, इलाम, महेन्द्रनगर, पर्सा, दिपायल, झापा, जनकपुर, रौतहट, धनकुटा, धनगडी र सिरहाको मतगणना सम्पन्न भएको छ ।

सर्वोच्च अदालत बार एशोसिएशनको ३०० मत गणना भएको छ । ललितपुर बार एशोसिएशनको १५० मत गणना भएको छ ।
हालसम्म गणना भएको मतमा घिमिरेले नेतृत्व गरेको समूहको अग्रता छ ।

महासचिवमा हालसम्म अञ्जिता खनालले ६९७ र केदारप्रसाद कोइरालाले ४४३ मत प्राप्त गरेका छन् ।

कोषाध्यक्षमा भरतबहादुर राउतले ७५३ र जगतबहादुर कार्कीले ३९२ मत प्राप्त गरेका छन् ।

चैतको १९ गते काठमाडौं केन्द्रसहित देशभर ३५ स्थानमा मतदान सम्पन्न भएको थियो ।

बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्य गरी २५ जनाको कार्यसमितिका लागि भएको छ ।

निर्वाचनमा नौ हजार ७०८ अधिवक्ता मतदाताले मतदान गरेका थिए ।

त्यसमध्ये उपत्यकामा पाँच हजार ७०० र उपत्यका बाहिर तीन हजार ५०० मतदाता रहेका थिए । सात हजार ४२९ मत मात्र खसेको थियो ।

Published : Wednesday, 2022 April 6, 11:18 am

फेसबुकबाट तपाईको प्रतिक्रिया