कार्ड र बुम देखाएर पत्रकारलाई जे पनि गर्ने छुट छैन : अध्यक्ष बस्नेत

वीरेन्द्रनगर । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सञ्चारमाध्यमका कार्ड र बुम बोकेर जे पनि गर्ने छुट पत्रकारलाई नभएको बताएका छन् ।

सुर्खेतमा आयोजित प्रदेशस्तरीय पत्रकार आचारसंहिता प्रशिक्षक प्रशिक्षण तालिमको उद्घाटन गर्दै उनले आचारसंहिताको पालना गर्न पत्रकार स्वयम जिम्मेवार हुनुपर्ने बताए ।

अध्यक्ष बस्नेतले बिनाआधार जथाभावी समाचार लेख्ने, आक्षेप लगाउनेजस्ता उजुरी बढेपछि काउन्सिलले कारबाही प्रक्रिया अघि बढाएको उल्लेख गरेका छन् ।

‘हामी समाजको प्रतिनिधि हो, जहिले पनि परीक्षणमा हुन्छौँ’, उनले भने, ‘हाम्रा क्रियाकलाप समाजले नियालिरहेको हुन्छ, त्यसैले आचारसंहिताको डोरीभित्र रहेर काम गर्नुपर्छ ।’

प्रेस काउन्सिल नेपालले देशव्यापीरूपमा आचारसंहिता जागरण अभियान सुरु गरेको अध्यक्ष बस्नेतले बताए ।

पत्रकार आचारसंहिता पालनाका लागि पत्रकार महासंघको पनि उत्तिकै भूमिका रहेको उनको भनाइ थियो ।

पत्रकार आचारसंहिता प्रशिक्षक प्रशिक्षण कार्यक्रममा कर्णाली प्रदेशका २५ जना सहभागी छन् ।

Published : Wednesday, 2022 April 6, 11:03 am

फेसबुकबाट तपाईको प्रतिक्रिया