कांग्रेसको प्रचार समितिमा परियारसहित दुई सदस्य थप

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समिति’को सदस्यमा दुई जनालाई मनोनीत गरेका छन् ।

मंगलबार कांग्रेसद्वारा जारी विज्ञप्तिअनुसार केन्द्रीय सदस्य सुजाता परियार र त्रिभुवन विश्वविद्यालय प्रजातन्त्रवादी कर्मचारी संघलाई देउवाले मनोनीत गरेका हुन् ।

कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतको संयोजकत्वमा समिति गठन भएको छ । सो समितिलाई सोमबार सभापति देउवाले विस्तार गरेका थिए ।

समितिमा रहने दुई सदस्यलाई देउवाले मंगलबार पुनः थप गरेका हुन् ।

Published : Tuesday, 2022 April 5, 11:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया