सन् फ्रान्सिस्कोमा हुन लागेको ‘नेपाल डे परेड’को तयारी पूरा : पनेरु

काठमाडौं । क्यालिफोर्नियाको सन् फ्रान्सिस्कोमा नेपाली नयाँ वर्षको अवसरमा ९ अप्रिल २०२२ का दिन हुन लागेको ‘नेपाल डे परेड’को सम्पूर्ण तयारी पूरा भएको छ ।

सोमबार ललितपुरमा पत्रकार सम्मेलन गरेर परेड मूल आयोजक समितिका नेपाल प्रतिनिधि तथा नेपाल विश्व सहयोग संघका अन्तर्राष्ट्रिय अध्यक्ष मणि नेपाली पनेरुले परेडको तयारी पूरा भएको जानकारी दिए ।

विक्रम संवत् २०७९ को पूर्वसन्ध्यामा अप्रिल ९, २०२२ मा हुन लागेको परेडले नेपाल चिनाउन र नेपालको पर्यटनलाई सघाउने उद्देश्य राखेको संयोज पनेरुले बताए ।

परेडले नेपाललाई पर्यटन गन्तव्यको रुपमा विदेशीहरूलाई आकर्षण गर्ने अपेक्षा गरेको उनले बताएका छन् ।

गैर आवासीय नेपाली संघ अमेरिकाको वेष्ट रिजन तथा क्यालिफोर्निया च्याप्टरको प्रमुख सकृयतामा परेड हुन लागेको छ ।

कार्यक्रममा क्यालिफोर्निया का ५० भन्दा धेरै संस्थाहरूको सहभागिता रहनेछ ।

परेडमा विभिन्न जातजातिका भेषभुषा र झाँकीसहित लाखे नाँच, पञ्चे बाजासमेत बजाइने संयोजक पनेरुले जानकारी दिए ।

अप्रिल ९ तारिखका दिन साँझ भव्य साँस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको छ । साँस्कृतिक कार्यक्रममा चर्चित कलाकारहरूको प्रस्तुति रहनेछ ।

अमेरिकाका बिभिन्न राज्यहरूबाट समेत परेडमा बाक्लो उपस्थिति रहने पनेरुले बताए ।

कार्यक्रमले नेपाल चिनाउने काम गर्नुका साथै नेपालको पर्यटनलाई टेवा पुग्ने अपेक्षा गरिएको पनेरुको भनाइ छ ।

अप्रिल ३ मा समन्वय समितिका सभापति उत्तम कार्कीले जुममार्फत समीक्षा बैठक पनि राखेका छन् ।

बैठकमा नेपाल सरकारको तर्फबाट क्यालिफोर्नियाका महावाणिज्य दूत ऋषि ढकाल, पर्यटन दूत घनप्रसाद दवाडी, महिला उपाध्यक्ष दीक्षा बस्नेत, वेष्ट रिजनका अध्यक्ष श्रीराम थापा, क्यालिफोर्निया च्याप्टरका अध्यक्ष एकदेव शर्माको पनि बैठकमा सहभागिता रहेको थियो ।

परेड मूल आयोजक समितिका नेपाल प्रतिनिधि तथा नेपाल विश्व सहयोग संघका अन्तर्राष्ट्रिय अध्यक्ष मणि नेपाली पनेरुले सो समितिका संयोजक वेष्ट रिजन चेअर श्रीराम थापा, क्यालिफोर्निया च्याप्टरका अध्यक्ष एकदेव शर्मा तथा सहभागी संस्था सवन्वय समितिका सभापति उत्तम कार्कीले तयार गरेको प्रेस वक्तव्यमार्फत जानकारी दिएका छन् ।

Published : Tuesday, 2022 April 5, 11:39 am

फेसबुकबाट तपाईको प्रतिक्रिया