नेपालका लागि भारतीय राजदूत क्वात्रा विदेश सचिवमा बढुवा

काठमाडौं । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रालाईले भारतले विदेश सचिवमा नियुक्त गरेको छ ।

राजदूत क्वात्रालाई सोमबार विदेश सचिव नियुक्त गरिएको हो ।

हालका सचिव हर्षवर्द्धन श्रींगला अवकाश भएपछि क्वात्रा विदेश सचिव हुनेछन् ।

श्रींगलाले अप्रिल अन्तिममा अवकाश पाउँदै छन् ।

क्वात्रा दुई वर्षअघि नेपालको राजदूत नियुक्त भएका थिए । क्वात्रा सन् १९८८ देखि भारतको कूटनीतिक सेवामा प्रवेश गरेका थिए ।

नेपाल आउनुअघि उनले विदेश मन्त्रालय र प्रधानमन्त्री कार्यालय, अमेरिकास्थित भारतीय दूतावासमा काम गरेका थिए ।

Published : Monday, 2022 April 4, 10:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया