धनकुटामा ८६ वर्षीय रंगलाले उठाए कांग्रेसको झण्ड, कम्युनिस्टका युवाहरूले पार्टी छाडे

धनकुटा । धनकुटा जिल्लामा एमाले र माओवादी केन्द्रसहित विभिन्न दलका स्थानीय नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

सोमबार छथर जोरपाटी गाउँपालिका– ५ मा आयोजित ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानअन्तर्गतको कार्यक्रममा विभिन्न दल परित्याग गरेर नेता कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेक हुन् ।

स्थानीय ८५ वर्षीय रंगलाल थोक्लेनसहितका युवाहरू कांग्रेसमा प्रवेश गरेको धनकुटा कांग्रेसका सभापति दिनेश राईले जानकारी दिए ।

नवप्रवेशीहरूलाई केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री सुनिलबहादुर थापा, केन्द्रीय सदस्य एवम् पूर्वसांसद रामहरि खतिवडासहितका नेताहरूले पार्टीमा स्वागत गरेका हुन् ।

धनकुटामा अधिकांश स्थानमा एमालेले ३० वर्षदेखि निरन्तर जित्दै आएको छ । एमालेले जिते पनि धनकुटामा विकास गरेको छैन ।

सूर्यबहादुर थापा र उनका छोरा सुनिलबहादुर थापाले गरेको विकासभन्दा नयाँ विकास धनकुटामा हुन सकेको छैन । यस पटक कांग्रेसलाई जिताउन नेताहरूले आग्रह गरेका छन् ।

Published : Monday, 2022 April 4, 9:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया