गुरुङद्वारा तरुण दलको अध्यक्षको पदभार ग्रहण

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले पदभार ग्रहण गरेका छन् ।

सोमबार काठमाडौंको रवि भवनमा रहेको तरुण दलको केन्द्रीय कार्यालयमा गुरुङले पदभार ग्रहण गरेका हुन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गुरुङलाई चैत ८ गते तरुण दलको अध्यक्ष मनोनीत गरेका थिए ।

यसअघि अध्यक्ष रहेका जितजंग बस्नेत पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि तरुण दलको अध्यक्ष पद रिक्त थियो ।

पर्वत जिल्लाका गुरुङ यसअघि विघटित केन्द्रीय कार्यसमितिमा कोषाध्यक्ष थिए ।

गुरुङलाई निवर्तमान अध्यक्ष जितजंग बस्नेतले स्वागत गरेका थिए । बस्नेतले गुरुङलाई पद हस्तान्तर गरेका थिए ।

पूर्वअध्यक्ष उदयशम्शेर राणा, भक्तपुर तरुण दलका अध्यक्ष राजु थापा, काठमाडौं तरुण दलका अध्यक्ष कृष्णजी खड्का लगायतको उपस्थिति रहेको थियो ।

Published : Monday, 2022 April 4, 3:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया