मानेश्वराको आगलागीमा तीन जनाको मृत्यु

काठमाडौं । सिन्धुपाल्चोक जिल्लामा सिलिण्डर पड्किएर आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ ।

बाह्रबिसे नगरपालिका–८ मानेश्वरा बस्ने ४७ वर्षीय मीनबहादुर तामाङको घरमा ग्यास सिलिण्डर पड्किएर आइतबार साँझ आगलागी हुँदा आगलागीमा परी १० वर्षीय ईशान तामाङ, ६ वर्षीय सरगम तामाङ र २ वर्ष ६ महिनाकी बालिका दीब्या तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट घर पूर्णरूपमा जलेर करीव १० लाख रूपियाँ बराबरको धनमाल नष्ट भएको छ ।

Published : Monday, 2022 April 4, 2:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया