काठमाडौंमा अनलाईन बिङ्गो खेलीरहेका १६ जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–६ बौद्ध प्लाटिङस्थित खाजा घरबाट अनलाईन बिङ्गो खेलिरहेका १६ जना पक्राउ परेका छन् ।

अनलाईन बिङ्गो खेलेको अवस्थामा कागेश्वरी मनोहरा नगरपालिका–७ शिवचोक बस्ने सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–१ घर भएका २५ वर्षीय पासाङ शेर्पा लगायत १६ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

खाजा घरमा अनलाईन बिङ्गो खेल खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७४ हजार १ सय ५० रूपियाँसहित पक्राउ गरेको हो ।

प्रहरीले उनीहरूको साथबाट १ हजार ५ सय पिस बिङ्गो टिकट र २ थान स्पिकर समेत बरामद गरेको छ ।

Published : Monday, 2022 April 4, 2:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया