प्रेम आलेले पशुपति धर्मशालाको विषयमा अदालतले सेटिङ गरेको आरोप लगाए, अब मानहानी मुद्धा लाग्ने

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले होटेल आनन्दका विषयमा पाटन उच्च अदालतले सेटिङमा आदेश दिएको टिप्पणी गरेर न्यायालयको मानहानी गरेका छन् ।

ग्यालेक्सी टेलिभिजनमा अन्तर्वार्ताका क्रममा मन्त्री आलेले अदालतको आदेशलाई सेटिङ भनेका हुन् ।

‘आज अचानक चाइने ३ बजे त्यो पत्र आउँदाखेरी सम्मानित अदालत प्रभावित होला भनेर कल्पना समेत त म गर्न सक्दैन’, मन्त्री आलेले भने, ‘तर यो आदेश आउँदा एकदमै दुःख लागेको छ ।’

‘यो विषयमा भोलि हामी छलफल पनि गर्छौं । तयारीको लागि हामीलाई समय चाहिएको थियो । तर, पत्र चाहिँ आज ३ बजे बुझाइयो के सबैभन्दा दुःख लाग्दो कुरा’, आलेले भनेका छन्, ‘यो पनि सेटिङमै भएको जस्तो मलाई लाग्छ ।’

‘होइन पत्र १० बजे आउनुपर्ने होइन पत्र ? अदालतलाई मैले सम्मानित अदालतलाई त्यो दोष आरोप लगाउन खोजेको होइन । जुन चाइने १७ गते भएको निर्णय दुबै पक्षलाई बोलाएर छलफल गर्ने भनिसकेपछि आज नआएर अस्तिनै पत्र आउनु पर्ने थियो । १७ गते आएन’, आलेले भने, ‘आज पत्र आउँदाखेरी १०/११ बजे आउनुपर्ने थियो । तर, पत्र ल्याइयो कति बजे भने ३ बजे ल्याइयो ।’

पशुपति धर्मशालाको बारेमा अदालतले सेटिङ गरेको र अदालतको पत्र बुझाउने समयप्रति चित्त दुखेको कुरा बोलेर मन्त्री आलेले न्यायालयमाथि गम्भीर आरोप लगाएका छन् । न्यायालयमाथि मन्त्री जस्तो जिम्मेवार व्यक्तिले लगाएको आरोप एकदम गल्ती छ ।

न्यायालयमाथि आस्था बढाउने बेला मन्त्री आलेले न्यायालयको मानहानी गरेर संविधानको उल्लंघन गरेका छन् ।
मन्त्री आलेले पशुपति धर्मशालाको फैसलामा न्यायालयमाथि लगाएको आक्षेपमा उनलाई मानहानी मुद्धा लाग्न सक्नेछ ।

मन्त्री आलेले पशुपति विकास कोषको तर्फबाट आफ्नो ब्यक्तिगत रकम नै दिई सोमबारको बहसको लागि अधिवक्तामा सुशील पन्त, शम्भु थापा र बद्री कार्की तथा पशुपति धर्मशालाको तर्फबाट अधिवक्ता रमन श्रेष्ठ, उद्धव केसी, हरिहर दाहालले बहस गर्नेछन् ।

ग्यालेक्सी टिभीमा मन्त्री आलेले सम्झौता बमोजिम ३५० वटा बेड हुनुपर्ने तर, बतासले जम्मा १५० वटा मात्रै बेड बनाएको भनि साफ झुटो बोलेको तथ्य पनि बाहिर आएको छ ।

कोषसँग बतास समूहले गरेको सम्झौतामा यति वटा बेड हुनुपर्छ भनि लेखेकै छैन । यत्रो महिना भईसक्दा पनि कुनै कर्मचारीलाई स्पष्टीकरण सोध्ने वा कार्बाही गर्ने कुनै काम मन्त्री आलेले गरेका छैनन् ।

बरु सम्झौता भङ्ग गरी केहि महिनामा ‘नाथम’लाई संचालन गर्न दिने र ३ महिनापछि पुनः टेण्डर गरि धनगढीमा होटेल चलाएका एक ब्यापारीलाई दिने गरि आलेले वार्ता गरेको स्रोतको भनाइ छ ।

Published : Monday, 2022 April 4, 8:54 am

फेसबुकबाट तपाईको प्रतिक्रिया