दाङको सौरीमा ‘ठाँटी घर’ शिलान्यास, थारु संस्कृतिको संरक्षण

घोराही । घोराही उप–महानगरपालिका–८ सौरीमा ‘थारु साँस्कृतिक खुल्ला संग्राहलय तथा साँस्कृतिक ग्राम निर्माणअन्तर्गत ‘ठाँटी घर’को शिलान्यास गरिएको छ ।

आइतबार नेपाली कांग्रेसका नेता समेत रहेका लुम्बिनी प्रदेश सरकारका ग्रामीण तथा पर्यटनमन्त्री डिल्लीबहादुर चौधरी र लुम्बिनी कांग्रेसका उप–सभापति राजु खनालले ठाँटी घरको शिलान्यास गरेका हुन् ।

यो योजनाअन्तर्गत उत्तर अमराइको मन्ठुरिया मन्दिर, जलौराको भुयार थान मन्दिर, सिसहनियाँमा होम स्टेहरू पनि बनाइनेछन् ।

Published : Sunday, 2022 April 3, 7:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया