दाङको राप्तीमा कांग्रेसबाट आठ जनाद्वारा अध्यक्षमा दाबी

मसुरिया । दाङको राप्ती गाउँपालिकामा अध्यक्ष पदका लागि नेपाली कांग्रेसका ८ जना आकांक्षी देखिएका छन् ।

आइतबार नेपाली कांग्रेस राप्ती गाउँपालिकाले आयोजना गरेको स्थानीय तहको निर्वाचन लक्षित अन्तरक्रिया र अध्यक्ष तथा उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा कार्यक्रममा ८ जनाले दाबी गरेका हुन् ।

अध्यक्ष पदमा नुमानन्द सुवेदी, विद्याशरण चौधरी, ताराबहादुर डिसी, लाल महोम्मद मियाँ, दोर्ण भुसाल, प्रकाश चौधरी, चन्द्रबहादुर जिसी र हरि भुसालले उम्मेदवारी घोषणा गरेका छन् ।

नुमानन्द सुवेदी राप्ती गाउँपालिकाका वर्तमान अध्यक्ष पनि हुन् । सुवेदी सहकारी घोटाला प्रकरणमा मुछिएका छन् । सुवेदीविरुद्ध अदालतमा मुद्धा बिचाराधीन छ ।

उपाध्यक्षमा जगदम्वाकुमारी चौधरी, सोनु भण्डारी, श्यामा रावत डागी र मेनुका गिरीले उम्मेदवारी घोषणा गरेका छन् । जगदम्वाकुमारी चौधरी गाउँपालिकाकी वर्तमान उपाध्यक्ष हुन् ।

कार्यक्रममा पूर्वसांसद सुशीला चौधरी, लुम्बिनी प्रदेश कांग्रेसका सदस्य देवनारायण चौधरी, विलोचन चौधरी, अशोदा चौधरी, तीर्थराज ज्ञवाली, सुरेन्द्र भुसाललगायतको उपस्थिति रहेको थियो ।

Published : Sunday, 2022 April 3, 7:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया