धनकुटामा कम्युनिस्टले सरकारी ३५ करोडमा गडबढी गरेपछि रामहरि खतिवडाले गरे बबाल

धनकुटा । नेपाली कांग्रेसका केन्द्रीया सदस्य तथा पूर्वसांसद रामहरि खतिवडाले धनकुटा कांग्रेसलाई सबै नेता र कार्यकर्ता इमान्दारिताका साथ लाग्ने हो भने चुनाव जित्न सकिने बताएका छन् ।

नेपाली कांग्रेस छथर जोरपाटी– १ कार्यसमितिद्वारा आइतबार आयोजना गरेको ‘गाउँ–गाउँ जाऔं, कांग्रेस जिताऔं’ अभियानलाई सम्बोधन गर्दै खतिवडाले ३० वर्षसम्म धनकुटाका जनताले कम्युनिस्टलाई जिताए पनि धनकुटाको विकासले सधैं हारिरहेको बताए ।

‘धनकुटाका हरेक साथीहरूले प्रत्यक घर र टोलमा मजबुदका साथ लाग्नुपर्छ । कांग्रेसले गरेका कामहरूबारेमा जनतालाई बुझाउनुपर्छ’, उनले भनेका छन् ।

नेता खतिवडाले भने, ‘कम्युनिस्टहरू आकाशमै फुल पार्छन्, चल्ला बनाउँछन् । सबैलाई सपनमै देखाउँछ ।’

‘कहिले पानीजहाज, कहिले घर–घरमा ग्यास, ५ हजार रुपियाँ घर– घरमा दिन्छौं भनेको सबै झुठा कुरामा सीमित छ’, उनले भनेका छन् ।

खतिवडाले कम्युनिस्टहरू सधैं सपना मात्र देखाउने भएकाले अब उनीहरूलाई भोट नदिन अनुरोध गर्न आफू आएको बताए ।

‘एमाले जहिले पनि झुठको खेती गर्ने पार्टी हो’, उनले भने, ‘यो पार्टीलाई विश्वास् गर्नु हुँदैन ।’

नेता खतिवडाले कम्युनिस्टबाट जितेका सांसदहरूले सांसद विकास कोषको बजेटमा समेत कमिशन खाएको भनेर गुनासा आएको भन्दै त्यसको हिसाव किताव चुनावमा जनताले माग्ने बताए ।

कांग्रेसका केन्द्रीया सदस्य एवम् पूर्वमन्त्री सुनिलबहादुर थापाले कम्युनिस्टले जितेकै कारण धनकुटाको विकास हुन नसकेको बताए । उनले आफूले विकासमा ध्यान दिएको बताएका छन् ।

कम्युनिस्टका सांसदले सांसद विकास कोषको ३५ करोड रुपियाँको हिसाव किताव जनतालाई देखाउनुपर्ने थापाले माग गरेका छन् ।

‘मैले कोरोनाका बेला ६० वटा स्वाथ्य चौकीहरूमा स्वास्थ्य सामग्री पु¥याउन जाँदा जनतालाई नलिन भनेर कम्युनिस्टले अबरोध गरेका थिए’, नेता थापाले भनेका छन् ।

एमालेले अरुण तेस्रो जलविद्युत आयोजना रोकेका कारण अन्धकारमा बस्नु परेको बताएका थापाले कम्युनिस्टहरूले एमसीसी पनि रोक्न खोजेर विकास विरोधी काम गरेको बताए । उनले एमसीसी नेपालको हितमा रहेको बताए ।

Published : Sunday, 2022 April 3, 6:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया