एमालेकै अनेरास्ववियुले ‘सूर्य’लाई ‘रुख’ जस्तै हरियो बनाएपछि बालकोटमा ओली चकित

काठमाडौं । एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले निर्वाचन आयोगले मत पत्रको रंग हरियो बनाएको भनेर उत्पात मच्चाइरहेका बेला उनकै भ्रातृ संगठनले अनेरास्ववियुले सूर्य चिन्हलाई हरियो रंगको बनाएको छ ।

अनेरास्ववियुको केन्द्रीय कमिटी प्रकाशक रहेको ‘निर्वाचन सचेतना पुस्तक’मा एमालेको चुनाव चिन्ह ‘सूर्य’लाई हरियो रंगमा छापेर पुस्ताक बाहिर ल्याएको छ ।

ओलीले मत पत्रको रंग हरियो बनाएर आयोगले नेपाली कांग्रेसको चुनाव चिन्ह ‘रुख’को रंगसँग मिलाएको भनेर सार्वजनिक कार्यक्रममा आपत्ति जनाएका थिए ।

ओलीकै पार्टी एमालेको विद्यार्थी संगठनले नै निर्वाचन सचेतना पुस्तिकामा ‘सूर्य’लाई हरियो बनाएछि ओली चकित परेका छन् ।

एमालेका केही नेताहरूले सामाजिक सञ्जालमा ‘सूर्य पनि हरियो हुन्छ र ?’ भनेर लेखेका छन् । हरियो रंगसँग डराएका ओली र एमालेका नेताहरूलाई अनेरास्ववियुले पनि हरियो रंगको सूर्य बनाएर चकित तुल्याइदिएको छ ।

Published : Sunday, 2022 April 3, 2:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया