ललितपुर सहकारीमा कांग्रेसका अध्यक्ष हराउन बागी बने पौडेल, गोरखालीलाई बालुवाटारको आशीर्वाद

ललितपुर । ललितपुर जिल्ला सहकारी संघको अधिवेशनमा नेपाली कांग्रेसको तर्फबाट राजेन्द्र पौडेलले अध्यक्ष पदमा बागी उम्मेदवारी दिएका छन् ।

शनिबार भएको निर्वाचन प्रक्रियामा पौडेलले अध्यक्षमा बागी बनेर उम्मेदवारी दिएका हुन् । पौडेललाई कांग्रेसका केन्द्रीय सदस्य मदनबहादुर अमात्यको समर्थन छ । अमात्यले नै पौडेललाई बागी बनाएर उठाएका हुन् ।

ललितपुर जिल्ला सहकारीको अधिवेशन आइतबार हुँदैछ ।

नेपाली कांग्रेसको नेतृत्वमा ललितपुर जिल्ला सहकारी संघमा मिलेर प्रतिस्पर्धा गर्ने सहमति भएको छ ।

कांग्रेसको नेतृत्वमा एमाले, माओवादीसहित सबै दलहरूले समर्थन जनाएका छन् ।

कांग्रेसको तर्फबाट अध्यक्ष पदमा आधिकारिक उम्मेदवार बनेका केदार गोरखालीले उम्मेदवारी दर्ता गराएका छन् ।

गोरखालीलाई नेपाली कांग्रेसका केन्द्रीयहरू सदस्य उदयशम्शेर राणा, जितजंग बस्नेत, जिल्ला सभापति जितेन्द्र श्रेष्ठको समर्थन छ ।

ललितपुर कांग्रेसको जिल्ला कार्यसमितिले गोरखालीलाई अध्यक्षको आधिकारिक बनाएको छ । गोरखालीलाई प्रधानमन्त्री एवम् सभापति शेरबहादुर देउवाको आशीर्वाद छ । देउवाले गोरखालीलाई अग्रिम शुभकामना दिएका छन् ।

Published : Saturday, 2022 April 2, 4:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया