युक्रेनले रुसको तेल भण्डार ध्वस्त पारिदियो, युक्रेनको शक्ति देखेर पुटिन चकित

लण्डन । सैनिक क्षमतामा आफूभन्दा निकै कमजोर युक्रेनमाथि आक्रमण गरेको रुसको तेल भण्डारमाथि हेलिकप्टरबाट आक्रमण भएको छ ।

अग्नि नियन्त्रकहरू बेलगोरोड रुसस्थित एक तेल भण्डारणमा लागेको आगो निभाउने प्रयत्न गरिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

स्थानीय गभर्नरले दुईटा युक्रेनी हेलिकोप्टरले तेल भण्डारमाथि हवाई आक्रमण गरेको बताएको बीबीसीले जनाएको छ ।

युक्रेनको दोस्रो ठूलो सहर खार्किभदेखि उत्तरमा पर्ने बेलगोरोडमा करिब ३,७०,००० जना बसोबास गर्छन् ।

तेल भण्डारणमा भएको आक्रमणको भिडिओमा भएको फूटेज बीबीसीले सत्य भएको पुष्टि गरेको छ ।

रुसी तेल भण्डारणमा आक्रमण कसले गर्‍यो भन्ने पुष्टि हुन सकेको छैन । आक्रमणबारे युक्रेन र रुसले आधिकारिक रुपमा केही भनेका छैनन् ।

Published : Saturday, 2022 April 2, 12:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया