डा.रेग्मीविरुद्ध बिरोधीद्वारा ‘चियाको कपमा तुफान’ ल्याउने प्रयास, गलत सूचनाले डुबायो

काठमाडौं । नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुखमा नियुक्त हुनुभन्दा अगाडि नै डा.धनञ्जय रेग्मीले आफ्नो कम्पनीबाट राजीनामा दिइसकेको विषयलाई एउटा ‘गिरोह’ले जबरजस्त रुपमा बखेडा गर्न खोजेको छ ।

डा.रेग्मीले नर्थफेस हिमालय रिसोर्ट प्रालिबाट दिएको राजीनामा सञ्चालक समितिको बैठकले २०७६ माघ १५ गते स्वीकृत गरेको थियो । सोको अभिलेख सञ्चालक समितिले कम्पनी रजिष्टारको कार्यालयमा बुझाइसकेको छ ।

राजीनामा स्वीकृत भइसकेका व्यक्तिले गर्ने त्यसपछिका कम्पनीको कामकारबाही सबै अवैधानिक हुन्छ ।

कानून व्यवसायी र अडिटरको सानो त्रुटिले एउटा कागजमा झुक्किएर डा.रेग्मीले सहि गरेको विषयलाई बिरोधीहरूले चियाको कपमा तुफान ल्याउन खोजेका छन् । अरु सबै कागजपत्रमा डा.रेग्मीको हस्ताक्षर छैन । कि सबै कागजपत्र डा.रेग्मीको हस्ताक्षर भेटिन्थ्यो भने उनी दोषी ठहर हुने थिए । त्यो छैन ।

केही सञ्चारमाध्यमलाई यो विषयमा गिरोहले दिएको सूचना अपूरो दिएर फसाएको छ । सूचना दिने गिरोहले आफूलाई जति चाहिएको थियो त्यही सूचना मात्रै दिएको छ । बाँकी सूचना लुकाएको छ । सोही कारण केही ठूलो सञ्चारमाध्यम चिप्लिएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन बोर्ड र कानूनका जानकारहरूले यो विषयलाई राम्रोसँग बुझेका छन् ।

तर, गिरोहले बोर्डका प्रमुख कार्यकारी डा.रेग्मीलाई विवादमा ल्याउन विभिन्न हर्कत गरिरहेको छ ।

सञ्चालक समितिको बैठकले डा.रेग्मीको राजीनामा स्वीकृत गर्दै अध्यक्षमा शान्ति रेग्मीलाई अध्यक्षमा नियुक्त गरिसकेको छ ।

शान्ति रेग्मीले नै कम्पनीको काम गर्दै आएको दस्तावेजमा उल्लेख छ ।

डा.रेग्मीलाई नेपाल सरकारले २०७६ माघ १४ गते कार्यकारी प्रमुखमा नियुक्त गरेको थियो ।

पर्यटन मन्त्रालयका तत्कालीन सचिव केदारबहादुर अधिकारी संयोजकत्वको छनौट समितिले छानेका तीन उम्मेदवारमध्ये एक नम्बरमा रहेका डा.रेग्मी कार्यकारी प्रमुखमा नियुक्त भएका हुन् ।

डा.रेग्मीले सबैभन्दा धेरै अंक ल्याएका थिए । बोर्डको कार्यकारी प्रमुखमा डा.रेग्मी प्रतिस्पर्धा गरेर आएका हुन् ।

स्याङ्जाका स्थायी बासिन्दा डा.रेग्मी जलवायु परिवर्तन तथा हिमतालहरूको अध्येता हुन् । उनी पर्यटन क्षेत्रका पनि विज्ञ हुन् ।

छनौट समितिले सिइओका लागि प्रतिस्पर्धा गरेका ९ जनामध्ये लिखित र मौखिक परीक्षापछि उनीसहित हिक्मत ऐर र दीपक बस्ताकोटीलाई छनौट गरेको थियो ।

Published : Saturday, 2022 April 2, 10:00 am

फेसबुकबाट तपाईको प्रतिक्रिया